Section 122
ऋण, दायित्व तथा ऋणको धितोमा रहेको हक खरिद बिक्री हुन सक्ने
प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ऋण सम्बन्धी सम्झौतामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कुनै बैंक वा वित्तीय संस्थाले कसैलाई दिएको ऋण वा आफूले स्वीकार गरेको दायित्व र सोको सुरक्षणको लागि धितोको रुपमा प्राप्त गरेको वा दिइएको चल अचल सम्पत्तिमा रहेको धितोको हक खरिद बिक्री हुन सक्नेछ ।